मेटलाइफ नेपाल जुम्लामा विस्तार, बीमा पहुँच र शिक्षा सहयोग कार्यक्रम सुरु

मेटलाइफ नेपालले दुर्गम जिल्ला जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा विस्तार गर्दै बीमा तथा वित्तीय सुरक्षा सेवाको पहुँच ग्रामीण समुदायसम्म पुर्‍याउने अभियानलाई थप सुदृढ बनाएको छ। कम्पनीले जुम्लामा नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउँदै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्य राखेको हो। जुम्ला जस्तो दुर्गम क्षेत्रमा सीमित पूर्वाधार, बैंकिङ तथा वित्तीय सेवाको दूरी लगायत चुनौतीलाई सम्बोधन गर्ने लक्ष्यसहित […]