वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ ।  जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन् । हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले […]