निर्वाचन सुरक्षा : रौतहटमा नेपाली सेनाको हवाई गस्ती

१९ फागुन, रौतहट । प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा तैनाथ नेपाली सेनाको नारायणदल गणले निर्वाचनलक्षित विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको जनाएको छ …