विगतका आमनिर्वाचनहरूमा यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने गरेको छ । यहाँ कांग्रेस र एमाले दुवैको संगठन बलियो मानिन्छ । कांग्रेसले युवा अनुहार, बलियो संगठन र आन्तरिक एकतालाई देखाउँदै जित निकाल्ने दाउमा छ भने एमाले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई देखाउँदै र सांगठनिक मत जोगाउँदै जित निकाल्ने रणनीतिमा छ ।