मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ । उद्धार गरेर ल्याइएका बेसाहरामध्ये उनीहरुको परिवारसँग पुनःस्थापना गरिएको हो । भरतपुर महानगरपालिकामा २०७२ साल भदौबाट सञ्चालनमा आएको आश्रमले हालसम्म २४५ जनाको उद्धार गरेको छ । आश्रमका कार्यवाहक अध्यक्ष विनोद ढकालका अनुसार यस अवधिमा ४५ जनाको निधन भएको छ । घरबारविहीन जटिल बिरामी भएर अशक्त […]