काठमाडौँ। लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकामा लागुऔषध आपूर्ति तथा कारोबारमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ प्रक्रियाका क्रममा एक जनामाथि प्रहरीले गोली प्रहार गरेको ब्युरोले जानकारी दिएको छ। ब्यूरोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विशेष निगरानीका क्रममा आइतबार अपराह्न करिब ४:१० बजे काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित दोवानपुल नजिक भारतको रुपैडियाबाट काठमाडौँ उपत्यकामा टपेन्डाडोल ल्याई […]