वैदेशिक रोजगारीको प्रलोभन देखाई ४४ लाख ठगी, तीन जना पक्राउ
पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै तीन लाख ७० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।