जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार गृह मन्त्रालयमा भएको छलफलले यसअघि गठन गरिएको सहजीकरण समितिलाई जेन–जीसम्बन्धी विषय मात्रै कार्यान्वयन गर्ने विशेष कार्यदलका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो। छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभा सदस्य, मुख्य […]