म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङबाट जटिल अवस्थामा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । मल्कवाङ स्वास्थ्य चौकीबाट धवलागिरि गाउँपालिका–४ की २१ वर्षीया सम्झना लामगाडेको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको हो । उनलाई पोखराको गण्डकी अस्पताल लगिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश अस्पताल बेनीसँग समन्वय गरेर सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार […]