काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको पहिलो पाक्षिकका बम्पर पुरस्कार विजेता हेमराज जोशी र अर्का विजेता हिमाल अर्याललाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्। अर्थ मन्त्रालयमा सोमबार आयोजित साउनको दोस्रो पाक्षिकका विजेता घोषणा कार्यक्रममा अर्थमन्त्री वाग्लेले जोशीलाई १० लाख र अर्याललाई कर कट्टीपछिको एक लाख रुपैयाँ प्रदान गरेका हुन्। धनगढीका जोशीले २५० […]