नक्कली स्टिकर ब्रान्ड बनाई म्याद गुज्रिएका गुणस्तरहीन खाद्य सामग्री बिक्रीवितरण गर्ने दुई जना पक्राउ

काठमाडौँ । म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएर बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-१ घर भई हाल काठमाडौँको तिनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दावासिनी गाउँपालिका-२ घर भई हाल तिनथाना नै बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवार रहेका छन्।    […]