राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्पः कृष्ण सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले परस्परमा पार्टीमा प्रतिष्पर्धा गर्ने समय नभएको जिकिर गर्नुभयो । […]