मुस्ताङ। मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र प्रहरी सुरक्षाकर्मीले आज प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा थुप्रिएको हिउँ पन्छाएका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छ्याएको हो । मङ्गलबार रातिको भारी हिमपातले वारागुङ मुक्ति क्षेत्र–१ स्थित मन्दिर परिसर बाक्लो हिउँले सेताम्मे भएको थियो । […]