काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ । तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल तराईका साथै काठमाडौँ उपत्यका र विभिन्न खोँचमा हुस्सु तथा कुहिरो लागेको छ । देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहेको छ […]