काठमाडौं काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका गृहिणी तथा कामकाजी महिलालाई विद्युत् सुरक्षासम्बन्धी सचेतना र व्यवहारिक प्रशिक्षण दिइने भएको छ। यससम्बन्धी कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिका र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) बीच आज सम्झौता भएको छ। सम्झौतामा सीनका अध्यक्ष इन्जिनियर दिल्लीरत्न शाक्य र काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले हस्ताक्षर गरेका छन्। […]