तिहारमा कस्तो रहला मौसम ?

काठमाडाैं । तिहारको अवधिमा देशभर ठूलो मौसमी प्रणालीको खास प्रभाव नपर्ने भए पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तिहारका विभिन्न दिनमा विशेषगरी देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली देखिने सम्भावना छ। त्यस्तै, कतिपय स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ। […]