डिगोमा जिओहटस्टारका चलचित्र र शो, मासिक शुल्क २४९ रुपैयाँबाट सुरु

भारतीय स्ट्रिमिङ प्लेटफर्म जिओहटस्टारले नेपाली ओटीटी प्लेटफर्म डिगोसँगको साझेदारीमा नेपालमा सेवा विस्तार गरेको छ। साझेदारीसँगै डिगोभित्र जिओहटस्टारका चलचित्र, मौलिक सिरिज, टेलिभिजन तथा रियालिटी कार्यक्रम हेर्न सकिने भएको छ। सदस्यताको विशेष प्रारम्भिक शुल्क मासिक २४९ रुपैयाँबाट सुरु हुने जनाइएको छ। कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार डिगोभित्र जिओहटस्टारका सामग्रीका लागि छुट्टै खण्ड तयार गरिएको छ। यसमा ‘भेडिया’, ‘१२थ […]