विपद्मा छिटोसँगै जिम्मेवार र विश्वसनीय पत्रकारिताको खाँचो
यो पुस्ताले जीवनमा अनेकौँ संकट र विपद् देख्यो, भोग्यो र पार गर्यो। विभिन्न राजनीतिक आन्दोलनदेखि १० वर्षे जनयुद्ध, २०७२ सालको विनाशकारी भूकम्प र कोभिड–१९ महामारीसम्मका घटनाले यो पुस्ताको स्मृतिमा गहिरो र नमिठो छाप छाडेका छन्। …