देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भाग जोड्ने मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा सोमबार बिहान सार्वजनिक सडक अद्यावधिक विवरणअनुसार बागमती र गण्डकी प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका हुन्। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोही […]