काठमाडौं- चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी मिना खरेलबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि निरन्तर दुई पटकसम्म भारी मतले विजयी हुँदै आएका लामिछाने तेस्रो पटक चितवनका जनताले विश्वास गर्ने अभिलाषासहित चुनावी मैदानमा उत्रिएका छन् । तर लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा अझै विचाराधीन छन् । […]