प्रचण्डकाे आराेप– सरकारबाटै नागरिक स्वतन्त्रतामाथि रोक लगाउने प्रवृत्ति देखियो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने र बोल्ने तथा प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने प्रवृत्ति देखिएको बताएका छन् ।