तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा समुदायको सांस्कृतिक विरासतलाई जीवन्त बनाइदिन्छ । व्यास नगरपालिकाका विभिन्न टोलमा देखिने लाखे नाचको विशेषता केवल परम्परागत नृत्यको प्रस्तुति मात्र होइन, यसमा नयाँ पुस्ताको बढ्दो सहभागिता र अग्रजबाट युवामा भइरहेको सांस्कृतिक पुस्तान्तरण पनि […]