काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको कार्यकाल एक वर्ष पनि नपुग्ने दाबी गरेका छन् । एमालेको जनवर्गीय सङ्गठन नेसनल भोलेन्टियर्स सङ्घको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले बालेन नेतृत्वको सरकारलाई वर्षायाममा उम्रिएको च्याउसँग तुलना गरेका हुन् । उनले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै वर्षायाम सकिएपछि च्याउ हराएजस्तै सरकार पनि […]