बालेनविरुद्ध तीनवटा कसुरमा जाहेरी, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग

काठमाडौँ – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध साइबर ब्यूरोमा जाहेरी दर्ता गराएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले बिहीबार उक्त जाहेरी साइबर ब्यूरोमा दर्ता गराएका हुन् । जाहेरीमा गुरुङले नगरप्रमुख साहले आफ्नो व्यक्तिगत फेसबुक आईडी ‘बालेन’बाट विदेशी राष्ट्र, भिन्न राजनीतिक दल र सार्वजनिक पदमा रहेका […]