काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । उनले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । विमानस्थलमा चीन भ्रमणमा जान लागेका सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता […]