आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारेर युरोप पठाइदिने भन्दै २४ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न व्यक्तिहरूबाट कुल २४ लाख ४५ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप लागेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा लमजुङका पूर्णबहादुर दुरा, दोलखाका कमला खत्री र रामकुमार श्रेष्ठ तथा […]