बजेटप्रति अर्थशास्त्रीदेखि उद्योगसम्मको मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा जोड

सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेटप्रति अर्थशास्त्री, नीतिनिर्माता तथा उद्योग क्षेत्रका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। उनीहरूले लगानी, नवप्रवर्तन र डिजिटल रुपान्तरणलाई प्राथमिकता दिइएकामा त्यसलाई सकारात्मक भन्दै कार्यान्वयनमा जोड दिएका छन्। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागअन्तर्गत इकोनोमिक्स स्टुडेन्ट्स सोसाइटी (इकोस)ले बुधबार आयोजना गरेको बजेटसम्बन्धी छलफलमा पूर्वअर्थमन्त्री […]