यसरी हुँदैछ सिंहदरबारभित्र ग्यालरी बैठक भवनको प्रवलीकरण (तस्वीरहरू)
१५ वैशाख, काठमाडौं । सिंहदरबारभित्र रहेको ग्यालरी बैठक भवनको प्रवलीकरण (रेट्रोफिटिङ) कार्य धामधम भइरहेको छ ।
प्रेरा निर्माण सेवा प्रालि ललितपुरले भवनको रेट्रोफिटिङ कार्य गरिरहेको हो ।
ग्यालरी बैठक भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । …