न्युयोर्कमा कराँते खेलाडी सन्तोष राई सम्मानित

न्युयोर्क – कराँते खेलाडी सन्तोष राईलाई अमेरिकाको न्युयोर्कमा विशेष सम्मान गरिएको छ । किरात राई सोसाइटी अफ अमेरिकाले साकेला उँधौलीको अवसरमा आयोजना गरेको कार्यक्रममा राईलाई नगद ३ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले उनलाई सम्मानपत्र र नगद हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै भण्डारीले खेलाडीहरू देशका गहना भएको उल्लेख गर्दै […]