विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारका निम्ति एक सय कार्यसूची पारित गर्‍यो । तर, सो कार्यसूचीमा भने लामो समयदेखि विवादित रहँदै आएको विदेशी विश्वविद्यालयबाट सम्बन्ध लिएका नेपाली कलेजमाथिको नियमन भने परेको छैन । विदेशी विश्वविद्यालयबाट सम्बन्ध लिएको नाममा तोकेको मापदण्डविपरित दर्जनौँ संख्यामा सञ्चालन भएका कतिपय कलेजलाई कारबाही गर्नुपर्ने र […]