कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत लहान शाखा कार्यालयमार्फत लहान नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने गरिब, दलित तथा अति विपन्न परिवारहरूलाई जाडोयाममा राहतस्वरूप फाइबर सिरक वितरण गरेको छ। जाडोयामको चिसो बढेसँगै दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका समुदायलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा बैंकका मधेश […]