सहरदेखि दुर्गमका स्वास्थ्य चौकीसम्म संवैधानिक अधिकारका धेरैजसो विषयहरु केवल कागजमा मात्र सीमित भएको यथार्थ भेट्न सकिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य संस्था सर्वेक्षणले पनि नि:शुल्क आधारभूत सेवा नागरिकले सहज रुपमा प्राप्त गर्न समस्या परेको देखाएको छ। सर्वेक्षणले जनशक्ति, उपकरण तथा पूर्वाधारहरु, तालिम प्राप्त जनशक्तिको अभाव लगायतका कारण सेवा प्रवाहमा समस्याहरु रहेको अवस्था देखाएको छ।