कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले पूँजी संरचना सुदृढीकरण तथा सम्भावित आईपीओको तयारीका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शकर्ताका रूपमा नियुक्त गरेको हो। शुक्रबार भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा दुवै कम्पनीबीच कर्पोरेट एडभाइजरी सर्भिसेससम्बन्धी सम्झौता भएको छ। सम्झौतामा एग्री केयर नेपालका […]