लिपुलेक हुँदै मानसरोवर यात्राबारे नेपालले भारत–चीनलाई पठायो कूटनीतिक पत्र

नेपाल सरकारले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागिएको विषयमा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक माध्यमबाट पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विषयमा सञ्चारमाध्यममा आएका समाचार र चासोप्रति सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपालको स्पष्ट अडान पुनः दोहोर्‍याइएको छ। मन्त्रालयका अनुसार सुगौली सन्धि (१८१६) […]