छिमेकी मुलुक भारतको पश्चिम बंगालमा घातक 'निपाह भाइरस'को संक्रमण पुष्टि भएसँगै नेपाल सरकारले सीमा नाकाहरूमा उच्च सतर्कता (हाइ अलर्ट) अपनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हवाई र स्थल दुवै मार्गबाट नेपाल भित्रिने यात्रुहरूको कडा निगरानी सुरु गरेको हो।