इजिप्टमाथि कठिन जित निकाल्दै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा इजिप्टलाई ३–२ को गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना अन्तिम ८ मा पुगेको हो। अब अर्जेन्टिनाले सेमिफाइनलमा पुग्नका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेताको सामना गर्नुपर्नेछ। अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरिएको छ। इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार […]