काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभएको छ । गृहमन्त्री अर्यालले साेमबार निर्वाचन आयोगको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य चुनावको तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको पालना र कार्यान्वयनकाे बारेमा छलफल गर्नुभएको हो । उहाँले चुनावी सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । […]