काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। निर्वाचन आयोग बहादुर भवन कान्तिपथमा सोमबार कार्यालय स्थापना भएको हो। कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरे। २१ फागुनमा हुने निर्वाचनको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको १२ मंसिरको निर्णयअनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले सोमबारै जिम्मेवारी […]