काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको पछिल्लो प्रदर्शनका क्रममा विभिन्न सहरमा झडप भएको छ । दिनभर शान्तिपूर्ण रूपमा चलेको प्रदर्शन साँझतिर उग्र बनेपछि पेरिस लगायतका शहरहरूमा भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । फ्रान्सको गृहमन्त्रालयका अनुसार प्रदर्शनका क्रममा करिब एक हजार मानिस पक्राउ परेका छन् । […]