‘नारायणगोपाल एकदम घमन्डी गायक हो। ऊसित बोल्न पनि डराई डराई बोल्नुपर्छ, दोहोरो जवाफ फर्काउनु हुँदैन।’ नारायणगोपाललाई भेट्नुअघि मैले उहाँबारे यस्ता अनेक कुरा सुनेको थिएँ। उहाँसँग पहिलो भेट २०३४ सालको आधुनिक गीत प्रतियोगितामा भएको थियो। रेडियो नेपालमा हरेक वर्ष २० चैतमा वार्षिक उत्सवको उपलक्ष्यमा प्रतियोगिता आयोजना हुने गर्थ्यो। मलाई कार्यक्रम शाखाका तर्फबाट आधुनिक गीत प्रतियोगिताको संयोजकको […]