१०० दिनमै पूँजी बजारमा ठूला सुधारको तयारी, डिम्याटदेखि विदेशी लगानीसम्म सेबोनको नयाँ रोडम्याप

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ अनुसार आगामी आर्थिक वर्षलाई पूँजी बजार सुधारको आधार वर्षका रूपमा अघि बढाउँदै पहिलो १०० दिनभित्रै कानुनी, नियामकीय तथा संरचनागत सुधारका महत्वपूर्ण काम सुरु गर्ने भएको छ। बोर्डले यसलाई केवल वार्षिक नीति नभई सन् २०३६ सम्म नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने […]