काठमाडौं। जेन-जीको आन्दोलनका क्रममा क्षतिग्रस्त अधिकांश सरकारी भवनको बीमा नगरिएको तथ्य खुलेको छ। सिंहदरबारभित्र र बाहिरका कैयौं सरकारी भवन आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएका छन्। बालुवाटरस्थित प्रधानमन्त्री निवास, शीतल निवासस्थित राष्ट्रपति भवन, रामशाहपथको सर्वोच्च अदालत, माइतीघरको विशेष अदालत तथा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत जलेर काम नलाग्ने भएका छन्। त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौं पनि […]