‘नासः द्यः छेँ’ मा नित्यनाथको निराकार प्रस्तर मूर्ति

काठमाडौँ। काठमाडौँको ग्वलः दे (ग्वल देश) को नवाली टोलमा पुनर्निर्माण भइरहेको लिच्छविकालीन ‘नासः द्यः छेँ’ (नित्यनाथ समन्दिर) मा नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरिएको छ। निर्माणाधीन मन्दिरमा बिहीबार एक विशेष समारोहबीच विधिपूर्वक पूजाआजा गरी मूर्तिलाई आसनमा पुनःस्थापना गरिएको हो। नित्यनाथको पूजाआजा र आराधनाका लागि बिहीबार विशेष दिन मानिन्छ। त्यसैले मन्दिर शिलान्यास कार्य पनि ८ फागुन […]