सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको कोठामा मृत भेटिएका छन्। अछामको रामारोशन गाउँपालिका–५ घर भई वीरेन्द्रनगर नगरपालिका–८, रंगशालामा बस्दै आएका २६ वर्षीय राजेन्द्र रोकाय मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार रोकाय आफू बस्दै आएको भाडाको कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनी […]