जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर
शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताए।