काठमाडाैं। नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम रहेको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार ८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश र राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताउनुभयो। त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा […]