सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताएका छन् । बडादसैँका अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री आचार्यले विजयादशमी धार्मिक तथा सांस्कृतिक आस्थासँगै सत्य, न्याय, साहस र सकारात्मक परिवर्तनको प्रेरणा दिने महत्वपूर्ण पर्व भएको उल्लेख गरेका हुन्। […]