प्रहरीको सरुवा बढुवालाई निष्पक्ष बनाउन गृहसचिव श्रेष्ठको निर्देशन

काठमाडौं– गृहसचिव राजकुमार श्रेष्ठले सङ्गठनभित्र पेसागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउनका लागि अग्रसर रहन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका नारायणदत्त पौडेललाई आज मन्त्रालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सु–शोभित गर्दै उनले सो कुरा बताए । गृहसचिव श्रेष्ठले सङ्गठन […]