विदेशी मूलका अमेरिकीहरूको नागरिकता खारेज गर्ने प्रक्रिया विस्तार गर्दै ट्रम्प प्रशासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नियन्त्रण गर्ने प्रयासलाई तीव्र बनाउँदै विदेशी मूलका अमेरिकीहरू (विदेशी जन्मेका अमेरिकी)को नागरिकता खारेज गर्ने अभियान विस्तार गर्ने योजना अघि सारेको छ। योजनासँग परिचित स्रोतहरूका अनुसार यस अभियानअन्तर्गत अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआइएस)ले देशभरका आफ्ना कार्यालयहरूमा विशेष टोली परिचालन गर्दै नागरिकता प्राप्त व्यक्तिहरूको विवरण पुनः परीक्षण गर्न थालेको छ। […]