काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषदको बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित परिषद् कार्यालयमा बिहीबार बसेको बैठकले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सेनाको तैनाथी आवश्यक ठहर गरेको हो। बैठकले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने निर्णय गरेको परिषद्का सदस्य-सचिव तथा रक्षा-सचिव सुमनराज अर्यालले बताए। उनका अनुसार निर्वाचनका संवेदनशील […]